string theory

https://connectsuraj.blogspot.com/2020/05/quantum-physics.html

हामी हाम्रो वास्तविक दुनियाँलाई General theory of relativity ( सामान्य सापेक्षताको सिद्धान्त ) बाट बुझ्ने प्रयास गर्छौ हामी classical physics को मद्दतबाट कुनै पनि वस्तुको व्यवहार पत्ता लगाउन सक्छौ। हामी कुनै पनि बस्तुको गतिलाई मापन गरेर उक्त बस्तु कुन समयमा कहाँ छ भनेर हामी पत्ता लगाउन सक्छौ। हामी gravity लाई explain गर्न सक्छौ। हामी कुनै पनि वस्तुको व्यवहारलाई सजिलै बुझ्न सक्छौ। तर जब हामिले classical physics लाई Quantum level मा लगायौ तब हामिलाइ अजिब चिज देख्खियो। General relativity ले ग्रह,उपग्रह ताराको व्यवहारलाई explain गर्दछ तर यो यो सिद्धान्त subatomic particle को case मा लागू नै हुदैन। त्यसैले बैज्ञानिकहरुले सोचे कि एक यस्तो theory होस जसले quantum theory र general relativity लाई आपसमा जोडोस। र यसैबाट सुरु भयो  String theory जसलाइ बैज्ञानिकहरु एक philosophy अबधारारणा मान्दछन। String theory को math पुर्ण हुनका लागि हामिलाइ एघार आयामको आवश्यकता पर्दछ। string theory को अनुसार यो ब्रह्माण्ड quark particle भन्दा पनि साना string बाट मिलेर बनेको छ जसको हलचल अनुसार ब्रह्माण्डका सारा बस्तुहरुको निर्माण हुन्छ । जसरी एउटा गितारलाई फरक फरक किसिमले हल्लाउदा फरक फरक धुन बज्छ ठिक त्यसैगरी जब परमाणु भन्दा पनि साना String हलचल गर्छ तब फरक किसिमको बस्तुको निर्माण हुन्छ 


String theory जसलाइ हामी theory of everything पनि भन्दछौ जसले Quantum theory र General relativity लाई जोड्ने काम गर्दछ। यस ब्रह्माण्डमा चार ओटा प्राकृतिक बल रहेका छन ती हुन: gravity, electro magnetism, strong and week nuclear force जस मध्य gravity एक यस्तो बल हो जुन तारा, ग्रह, उपग्रह,उल्का पिण्डमा हुन्छ भने बाकी तीनओटा बल subatomic particle मा हुन्छ। यसैले string theory को अनुसार यस दुनियामा graviton नामक एक particle हुन्छ जसले यस ब्रह्माण्डमा gravity उत्पन्न गराउदछ। graviton एक परिकल्पनामा आधारित particle हो जसको खोज भएको छैन यदि यसको खोज भयो भने हामी Quantum लेबलमा gravity लाई explain गर्न सक्दछौ। र हामी quantum gravity को खोज गर्न सक्छौं। 

string theory को अनुसार एक यस्तो बस्तु हुन्छ जुन प्रकाशको गति भन्दा तेज गतिमा यात्रा गर्न सक्छ। जसलाइ हामी ट्याकोन( Tachyon) भन्दछौं। त्यसैगरी string theory अनुसार परमाणु भित्र एक पिण्ड रहित बस्तु हुन्छ। string theory को math हल हुनका लागि तीन होइन चार होइन यसको लागि एघार आयामको जरुरत हुन्छ। तर हामी चार आयामलाइ मात्र बुझ्न सक्छौ जसमा तिन आयाम अन्तरिक्षको र एक आयाम समयको हुन्छ। बाकी सात आयाम कि त हामी भन्दा निकै ठूलो  हुन सक्छ या त हामी भन्दा निकै सानो हुन सक्छ। उदाहरण: यदि हामि टाढा बाट कुनै डोरिमलाई एक आयामको रुपमा देख्छौं। यसको अर्थ हामी डोरिलाइ सिधा पछाडी बाट अगाडि तर्फ बढेको देख्दछौ तर त्यही डोरि कमिलाको लागि तिन आयामको हुन सक्छ जहाँ उक्त कमिला अगाडि पछाडिको साथसाथै दायाँ बायाँ र तल माथी घुम्न सक्छ। त्यसैले यस दुनियाँमा विभिन्न आयाम हुन सक्छ उक्त आयाम या त हामी भन्दा सानो भएर नदेखिएको पनि हुन सक्छ या त हामी सानो भएर उक्त आयाम नदेखिएको हुन सक्छ। जसलाइ string theory बुझाउन सक्दछ। 


String theory आज सम्म गणितमै सिमीत छ हामी string लाई देख्न सक्दैनौ किनकि string कपालको रौ भन्दा अर्बौं गुणा कम हुन्छ। जसलाइ हामी देख्न सक्दैनौ किनकी यो फोटोन कण भन्दा पनि सानो छ जसबाट प्रकाश पनि परावर्तन हुदैन त्यसैले हामी string लाई देख्न सक्दैनौ र आज सम्म जति पनि string theory को कुरा गरिएको छ त्यो सब mathematically रुपमा मात्र प्रमाणित भएको छ।यो सिद्धान्त  physically  कम र philosophy ज्यादा छ। त्यसैले हामी string theory लाई शत प्रतिशात सहि मान्न सक्दैनौ। हुन सक्छ भबिस्यमा कुनै प्रबिधिको निर्माण हुन्छ जसले string theory लाई परिक्षण गरेर सहि भन्दछ। यदि यो theory सहि भयो भने हामी Quantum physics  र classical physics लाई आपसमा जोड्न सक्षम हुने छौ। र जसलाई हामी theory of everything भन्ने छौ। 








Comments

Popular posts from this blog

Quantum physics/ क्वान्टम भौतिकी

अफ्रिका महादेश