अफ्रिका महादेश

भुमध्यरेखाले मध्य भागबाट र कर्कट र मकर रेखाले उत्तर र दक्षिणबाट काटिएको अफ्रिका संसारको दोस्रो ठुलो महादेश हो। यस महादेशको क्षेत्रफल करिब तिन करोड दुइ लाख सच्चालिस हजार बर्ग कि मि छ। सहारा,कालाहारी र नामिव मरुस्थलले ढकिएको यो महादेशका एटलास र ड्राकेन्सवर्ग पर्वत श्रेणी,केन्य र इथियोपियाको उच्च भुमी,कङ्गो बेसी तथा लामो धसान घाटि यो महादेशको अन्य प्रकारको भूधरातलीय स्वरुपहरु हुन्।


५८९५ मिटर अग्लो ज्वालामुखी पर्वत किलिमन्जारो अफ्रिकाको सबै भन्दा अग्लो टाकुरा हो भने भिक्टोरिया तालबाट उत्पत्ती भइ बग्ने ६६७० किमि लामो नाइल नदी संसारकै लामो नदी हो।महादेशको भुमध्यरेखिय बेसीमा उष्ण सदावहार घना जङ्गल छ भने यसको उत्तर दक्षिण फैलिएको विशाल उष्ण घासे मैदान छ जसलाई सभाना भनिन्छ। यश घासे मैदानमा जङ्गली जनावरकोलागि अनुकुल वातवरण छ।त्यसैले यश क्षेत्रमा सहकरी र मम्साहारी दुबै खाले जङ्गली जीव जन्तु पाइन्छ।त्यसैले सभाना क्षत्रलाइ संसारकै चिडिया खाना पनि भनिन्छ।


यश क्षत्रमा देसभरिका पर्यटकहरु आउने गर्छन् साथै यश क्षत्रमा फ्लिम सुटिङ्गपनि गरिन्छ।अफ्रिका महदेशमा धेरै जसो काला जातिका मनिसहरु बसोबास गर्छन्।आर्थिक,सामजिक तथा भौगोलिक हिसाबले यो महादेश धेरै पिछडिएको छ। यश महादेशलाई कालो महादेशको नामलेपनि चिनिन्छ। धेरै जसो भुभाग मरुस्थलिय भएतापनी यश महादेशमा प्राकृतिक स्रोतसाधन प्रसस्त मत्रामा रहेको छ।यो महादेश प्रकृतिक ग्यास,तेल तथा अन्य खनिज पदर्थले धनी छ।


 उष्ण घासे मैदान देश भरिका पर्यतकको मुख्य गन्तव्य हो। यहाँ ठुला ठुला रास्ट्रीय निकुञ्जहरु बनेको छ। यहाँ निश्वमा पाइने जनावरहरु मध्य ९० प्रतिशत जनावरहरु पाइन्छ। अशिक्षा,गरीबी,रोग,आशंकाको आदिका कारण उपलब्ध स्रोत र साधनको उच्चतम उपयोग गर्न सकिएको छैन। त्यसैले धेरै जसो जनता गरिब छन।यो महादेश अरु महादेश भन्दा फरक भएकाले यहाँ विश्वभरीका पर्यटनहरुको मुख्य केन्द्र बन्न पुगेको छ।

Comments

  1. ke tapaiharu pani africa ghumna chahanuhunchha? Coment garnuhos na....................

    ReplyDelete

Post a Comment

Popular posts from this blog

string theory

Quantum physics/ क्वान्टम भौतिकी