black hole/ ब्ल्याक होल


     https://connectsuraj.blogspot.com/2020/05/force-and-motion.html

हाम्रो ब्रह्माण्ड आफैमा एक रहस्यमय कुरा हो। यस अनन्त ब्रह्माण्ड लाई अहिले सम्म पनि हामिले बुह्न सकेका छैनौ। हामिले त केबल बुझ्ने कोशिश मात्र गरेका छौ। यस विशाल ब्रह्माण्डको उत्पत्ती कहिले भयो? कसरी भयो? र यसको अन्त्य कहिले र कसरी हुन्छ भन्ने कुरा हामी यकिनका साथ भन्न सक्दैनौ। हामी केबल अनुमान मात्र लगाउन सक्छौ। हाम्रो पृथ्वीमा जति बालुवाका कणहरु छन त्यो भन्दा धेरै यस ब्रह्माण्ड ताराहरु रहेका छ्न। यस विशाल ब्रमाण्डको नजरमा हामी एक electron भन्दा पनि सानो  छौ। त्यसैले हामी भन्न सक्दैनौ कि यस ब्रह्माण्डमा के के रहस्य लुकेर बसेका छन भनेर तर हामी गणितको मद्दतबाट यस ब्रह्माण्डमा घटित घटनाहरूको अनुमान लगाउन सक्छौ। यस्तैमा एक रहस्यमय बस्तु जसलाइ हामि ब्रह्माण्डको राक्षस पनि भन्दछौ त्यो हो black  hole( कालो छिद्र) जसको गुरुत्व आकर्षण बल यति धेरै हुन्छ कि जसबाट प्रकाश पनि बाहिर निस्कन सक्दैन। यसको नजिक जो कोहि पनि आउँछ त्यसलाइ black hole लेनिल्दछ। सन 2019 भन्दा पहिले त black hole कल्पनामै सिमित थियो तर 10 april 2019 को दिन बैज्ञानिकहरुले वास्तविक black hole को फोटो निकालेका थिए।


यदि mathematically रुपमा भन्ने हो भने सबै वस्तु black hole बन्न सक्छ। यसको लागि कुनै पनि बस्तुको आकार अत्यन्त सानो बनाउनुपर्छ। र त्यसको घनत्व धेरै हुनुपर्दछ। यदि पृथ्विलाइ खुम्चाएर एक इन्चको बनाइयो भने पृथ्वी पनि black hole बन्न सक्छ। यसैगरी सुर्यलाइ पनि खुम्चाएर एउटा भकुण्डो जत्रो बनाउने हो भने सुर्य पनि black hole मा परिवर्तन हुन सक्छ। जब कुनै पनि तारा मर्दछ तब उक्त तारा आफू भित्र भित्रै खुम्चिदै जान्छ जसले गर्दा उक्त ताराको घनत्वो वृद्धि हुन गइ तारा black hole मा परिवर्तन हुन पुग्छ। black hole अन्तरीक्षमा एउटा प्वाल( hole) हो। जसले space time मा विशाल खाडलको निर्माण गर्दछ। यसको gravity यति धेरै हुन्छ कि यसको gravity बाट प्रकाश पनि पार हुन सक्दैन। black hole मा समयको पनि अस्तित्व हुदैन। किनकी यसको gravity ले समयलाइ पनि रोक्दछ। त्यसैले black hole  लाइ time machine को रुपमा पनि प्रयोग गर्न सकिन्छ। यदि तपाइ black hole को नजिक जाानू भयो र सुरक्षित साथ black hole को चक्कर लगाउनु भयो भने तपाइको लागि समय  ढिलो

गतिमा चल्न लाग्दछ।
 

Black hole मा नेगेटिभ फोर्स हुन्छ जसले सबै बस्तुलाइ आफुतिर attract गर्दछ। यदि कोहि ब्यक्ती  black hole मा प्रबेश गर्छ भने उक्त ब्याक्तिको शरीर रबर जसरि तन्किन्छ किनकी ब्याक्तिको टाउको तर्फ भन्दा खुट्टा तर्फ black hole को gravity बढि हुन्छ र अन्तमा ब्याक्तिको मृत्यु हुन्छ।यदि यस घटनालाइ कसैले देख्छ भने उसको लागि त्यो पल धेरै समयको हुन सक्छ तर black hole मा फसेको ब्याक्तीको शरीर भने एक झड्कामै बिनाश हुन पुग्छ। किनकी black hole मा धेरै gravity भएकाले समय बिस्तारै चल्दछ। त्यसैले अबलोकनकर्ताको लागि त्यो घटना धेरै समयसम्मको हुनेछ।

अल्बर्ट आइन्स्टाइनको(  Theory of general relativity ) big bang भन्दा पहिले र black hole भित्र काम गर्दैन त्यसैले अल्बर्ट आइन्स्टाइनले हुन सक्छ black hole बाट अर्को आयाममा जान सकिन्छ भनेका छ्न र पछि स्टेफन हकिङले पनि यसै कुरामा सहमती जनाएका छन। जसलाइ हामि white hole भन्दछौ। white hole एक यस्तो hole हो जहा बाट black hole ले निलेका बस्तुहरु बाहिर निस्कन्छन। किनकि कुनै पनि बस्तुको पिण्ड र उर्जा न त बिनाश हुन सक्छ न त निर्माणनै हुन सक्छ। त्यसैले black hole ले निलेको कुनै पनि बस्तु white hole बाट बाहिर निस्कन पनि सक्दछ। white hole बाट हामी यस ब्रह्माण्ड बाट अर्को ब्रह्माण्डमा जान पनि सक्छौ।







https://connectsuraj.blogspot.com/2020/05/blog-post.html

Comments

Post a Comment

Popular posts from this blog

string theory

Quantum physics/ क्वान्टम भौतिकी

अफ्रिका महादेश