समानान्तर ब्रह्माण्ड/ parallel univerce Part 1
https://connectsuraj.blogspot.com/2020/05/worm-hole.html
पहिले हामी मान्थ्यौ कि यस ब्रह्माण्डमा केवल पृथ्वीमा मात्र जीवन सम्भव छ। र अहिले सम्म पनि हामिले पृथ्वी बहाएक अन्य जीवन सम्भाबित ग्रह भेटेका छैनौं । तर बैज्ञानिकहरुले हाम्रो ब्रह्माण्ड लगातार फैलिरहेको छ भनी पत्ता लगाए। र बैज्ञानिकहरुले यो अनुमान लगाए कि यस विशाल ब्रह्माण्डमा पृथ्वी जस्तै जीवन सम्भाबित ग्रह हुन सक्छ। त्यहा पनि पृथ्वी जस्तै हावा, पानी,माटो,आकाश,बादल आदि हुन सक्छ। त्यहाँ पनि हामी जस्तै मानिसहरु हुन सक्छ। यसै गरि यस बिशाल ब्रमाण्डमा पृथ्वि जस्तै ग्रह नभइ Same to same पृथ्वीनै हुन पनि सक्छ।र जुन पृथ्वी भन्दा धेरै टाढा हुन सक्छ। जसलाइ हामी देख्न र जान सक्दैनौं जसलाइ हामी समानान्तर ब्रह्माण्ड भन्दछौं ।
जहाँ हामी जस्तै प्रतिरुप हुन सक्छ। बैज्ञानिकहरु मान्दछन कि सबै सम्भाबित घटनाहरु कुनै न कुनै universe मा घटित हुन सक्छ। हामिले रातमा देख्ने सपना पनि कुनै universe को वास्तविक घटना हुन सक्छ। हामिले गर्ने कल्पनापनि कुनै universe मा वास्तविक हुन सक्छ। र एकै समयमा हाम्रो प्रतिरुप अलग अलग univerce मा अबस्थित हुन सक्छ। अहिले तपाईं यस universe मा यो पोस्ट पढ्दै हुनुहुन्छ भने कुनै universe मा तपाईं यो पोस्ट पढिसक्नु भएको हुन सक्छ। कुनै universe मा तपाइलाइ यसको बारेमा थहा नै नहुन सक्छ। तथा कुनै univerce मा तपाईं जंगली अबस्थामा हुन सक्नु हुन्छ। यसैले हरेक सम्भाबित घटनाहरु कुनै न कुनै ब्रह्माण्डमा घटित हुन सक्छ। मानौ तपाईं अहिले पढ्दै हुनुहुन्छ र तपाइको रुचि खेलखुदमा पनि छ तर तपाइले आफ्नो करियर खेलखुद क्षेत्रमा नबनाइ पढाइको क्षेत्रमा बनाउनु भयो। तर तपाइले आफ्नो करियर खेलकुदमा पनि बनाउन सक्नु हुन्थ्यो। अब तपाईं पुन भुतकालमा गइ आफ्नो करियर बदल्न त सक्नु हुन्न। तर तपाइको प्रतिरुपले अर्को univerce मा खेलकुदमा करियर बनाएको हुन सक्छ। किनकी हरेक सम्भाबित घटना हरु कुनै न कुनै universe मा घटित हुन सक्छ।
समानान्तर ब्रह्माण्डको अस्तित्वलाइ
Quantum mechanism ले पनि समर्थन गर्दछ। जसमा भनिएको छ कि एकै समयमा atomic particle फरकफरक ठाउँमा एकै समयमा रहन सक्छ। बास्तबमा एस theory ले। सापेक्षताको सिद्धान्तलाई तोडेको छ। जसमा भनिएको थियो कि प्रकाशको गति भन्दा तेज कुनै पनि वस्तु हुन सक्दैन तर यश सिद्धान्त अनुसार कुनै पनि atomic particle एकै समयमा करोडौ प्रकाश बर्ष टाढ हुन सक्छ। र एक Atomic particle मा भएको प्रभावले अर्को Atomic particle लाई पनि प्रभाबित पार्छ। यसै सिद्धान्तका आधारमा हामी भन्न सक्छौ कि एस विशाल universe को नजरमा हाम्रो पृथ्वी पनि एक atomic particle जस्तै हो र पृथ्वी पनि एकै समयमा अलग अलग dimension ( आयाम) ममा अबस्थित हुन सक्छ। जहाँ हामी पनि अलग अलग रुपमा।अबस्थित हुन सक्छौं। अहिले म यस univerce मा blog लेख्दै छु हुन सक्छ म कुनै universe मा अरुनै कुनै काम driving गर्दै छु, हुन सक्छ कुनै universe मा मलाइ यो समानान्तर ब्रह्माण्ड भनेको के हो थहा नै छैन होला यसैगरी कुनै universe मा म singer हुन सक्छु। यसरि हामी जे सोच्दछौ कुनै univerce मा त्यो वास्तविक रुपमा घटित हुन सक्छ।

तपाइलाइ के लाग्छ के parallel univerce हुन सक्छ के तपाईं यसको part 2 चहानुहुन्छ? हामिलाइ भन्नू होला।
ReplyDeleteyes sir
DeleteI want
Delete