वर्म होल / Worm hole

https://connectsuraj.blogspot.com/2020/05/black-hole.html

जब हाम्रा पुर्बज रातिको समयमा आकाशमा हेर्थे तब उनिहरु तारालाइ हेरेर ईश्वरको घर भन्थे जब बिज्ञान अलि अगाडि बढ्यो तब उनिहरु त्यसलाइ तारा र ग्रह भन्न थाले। र उनिहरुले पृथ्वी पनि ग्रह हो र सुर्य पनि एक तारा हो भन्न थाले। जब बिज्ञान धेरै अगाडि बड्दै गयो तब तब बैज्ञानिकहरुले हाम्रो सौर्य मण्डलमा रहेका विभिन्न ग्रह तथा उपग्रहको खोज तथा नामांकित गरे। जब बैज्ञानिकहरुलाई हाम्रो आकाशगङ्गा ठूलो छ र उनिहरुले यहाँ  अरु पनि  जिबन सम्भाबित ग्रह हुन सक्ने कुरा पत्ता लगाए तब आज NASA लगायत अन्य space agency हरु  जिबन सम्भाबित ग्रहहरु खोजिरहेका छन। र यस कार्यमा उनिहरुलाइ सफलता पनि प्राप्त भएको छ। तर यहाँ एक समस्या रहेको छ कि उक्त  ग्रह हाामी भन्दा हजारौं तथा लाखौं प्रकाश बर्ष टाढा रहेको छ यसैले यदि हाामी त्यहाँ जानका लागि  प्रकााशको गतिमा यात्रा गर्यौं भने पनि लाखौं बर्ष लााग्छ र त्यहि माथि सापेेक्षताको सिद्धान्त अनुसार जुन बस्तुको पिण्ड छ त्यो बस्तु प्रकााशको गति र सो भन्दा बढी गतिमा यात्रा गर्न सक्दैन यसको लागि हामिलाइ अनन्त उर्जाको आवश्यकता पर्छ जुन असम्भव छ। त्यसैले हामिलाइ त्यहा जानका लागि एक वर्म होल को जरुरत पर्छ। वर्म होल अलग अलग space time लाई जोड्ने बाटो हो। यसको मद्दतबाट हामी एक ठाउबाट अर्को ठाउँ र एक समयबाट अर्को समयमा जान सक्छौं। वर्म होललाइ अल्बर्ट आइन्स्टाइन र नाथान रोजेनले भबिस्यबाणी गरेका थिए त्यसैले वर्म होललाइ आइन्सटाइन रोजेन पुल ( einstein rosen bridge) पनि भनिन्छ। र वर्म होलको मद्दत बाट हाामी समय यात्रा पनि गर्न सक्दछौ।



 अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षताको सिधाान्त  (general theory of relativity) महा बिस्फोट( Big bang) भन्दा पहिले र black hole भित्र काम गर्दैन त्यसैले आइन्स्टाइनका अनुसार black hole बाट अर्को  आयाममा जान सकिन्छ। त्यसैगरी स्टेफन हकिङले पनि यसै कुरामा सहमती जनाएका थिए। स्टेफन हकिङ का अनुसार black hole को अन्तमा white hole रहेको छ जहाँ बाट black hole ले निलेको सबै बस्तु बाहिर निस्कन्छ्न र त्यहाबाट हामी अर्को आयाममा जान सक्दछौ। कतिपय बैज्ञानिकहरुको यो मान्यता छ कि big bang पनि यसैगरी white hole बाट नै भएको थियो। र समानान्तर ब्रह्माण्डमा बिश्वास गर्ने बैज्ञानिकहरु यो मान्दछ्न कि worm hole ले समानान्तर ब्रह्माण्डलाई  आपसमा जोड्ने काम गर्दछ। र worm hole ब्ल्याक होलको अन्तमा अबस्थित हुन्छ। र हामी black hole लाई worm hole को रुपमा प्रयोग गर्न सक्छौं। वर्म होल बाट हामी space travel र time travel गर्न सक्छौ। किनकी वर्म होलले अलग अलग space time लाई आपसमा जोडेको हुन्छ। 

वर्म होल आज सम्म एक परिकल्पनाको बिषय बनेर रहेको छ आज सम्म पनि हामिले ब्रह्माण्डमा वर्म होल भेटेका छैनौ र आज सम्म पनि हामिले वर्म होलको निर्माण गर्न सकेका पनि छैनौ। तथा कतिपय बैज्ञानिकहरु black hole नै वर्म होल हो भनी भनी भन्दछन।  कतिपय बैज्ञानिकहरुको अनुसार black hole को अन्तमा white hole हुन्छ र जसबाट हामी अन्तरीक्ष यात्रा र समय यात्रा गर्न सक्छौ। साथै worm hole ले अन्तरीक्षमा रहेको विभिन्न ठाउँ र समयलाइ आपसमा जोड्ने कार्य गर्दछ र यसबाट हामी समय यात्रा गरि भुत काल र भबिस्य काल दुबै समयमा जान र अन्तरीक्षमा एक ठाउँबाट अर्को ठाउमा जान सक्छौं।









Comments

Post a Comment

Popular posts from this blog

string theory

Quantum physics/ क्वान्टम भौतिकी

अफ्रिका महादेश