Skip to main content
समानान्तर ब्रह्माण्ड / parallel universe part 2
हामीले अघिल्लो blog मा यो प्रस्तुत गरेका थियौं कि हरेक सम्भाबित घटनाहरु कुनै न कुनै universe मा घटित हुन सक्छ। हामिले यो पनि जान्यौं कि हाम्रो पृथ्वी अलग अलग आयाममा universe को कुनै स्थानमा अवस्थित हुन सक्छ। र जसलाइ हामी समानान्तर ब्रह्माण्ड भन्दछौ।
हामिलाइ थहा छ कि अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्त black hole भित्र र big bang भन्दा पहिले काम गर्दैन। उनले यो भनेका छन कि हुन सक्छ black hole भित्र बाट कुनै अर्को आयाममा जान सकिन्छ र पछि स्टेफन हकिङले पनि यसै कुरामा सहमती जनाएका छन। र अन्य बैज्ञानिकहरु पनि यहि मान्छन कि हाम्रो univerce मा अनगिन्ती univerce हुन सक्छन तर हामी त्यस universe मा जान सक्दैनौ किनकि उक्त universe हामी भन्दा धेरै टाढा हुन सक्छन। र हामी आफ्नो Time line मा बाधिएका छौ। तर कहिले काहीँ हामिलाइ यस्तो प्रमाण मिल्छ जसले parallel univerce हुने कुरामा जोड दिन्छ जस्तै quantum mechanism जसले एकै समयमा फरक फरक subatomic particle हरु फरक फरक हुन सक्ने र तिनिहरु आपसमा communicate गर्ने कुरा बताइएको छ। चाहे तिनिहरुको दुरि जति नै बढी होस।

समानान्तर ब्राह्मणको सिद्धान्तलाई प्रमाणित गर्ने विभिन्न प्रमाणहरु छन जसले multiple universe theory लाई explain गर्दछ। उदाहरण: देजा भू ( Deja vu ) के तपाईंलाई कहिल्यै यस्तो भएको छ कि तपाईं कुनै नौलो स्थानमा घुम्न जानु भयो तपाईं त्यहा एक पटकपनि जानु भएको छैन तापनी तपाइलाइ यस्तो लाग्छ कि तपाईं त्यस ठाउमा पहिले नै जानु भएको छ या तापाइले त्यस ठाउको सपना पहिलेनै देख्नु भएको थियो यदि यस्तो भयो भने नआत्तिनुहोस किनकी हुन सक्छ तपाइले कुनै universe मा उक्त ठाउँ घुम्नु भएको थियो र उक्त ठाउको सम्झना तपाइको दिमागमा लिक हुन पुग्यो यसैलाई deja vu भनिन्छ। जसले गर्दा तपाइलाइ कहिल्यै नगएको ठाउँ पनि पहिल्यै आइसकेको जस्तो भयो। यसरी Deja vu ले पनि multiple universe theory लाई जोड दिएको छ।

यसैगरी अर्को प्रमाण रहेको छ मन्डेला प्रभाव (mandela effect) यदि तपाइले google मा नेल्सन मन्डेलाको मृत्यु कहिले भयो भनी सोध्नु भयो भने तपाइले 5 december 2013 साल पाउनु हुनेछ तर लाखौ मानिसहरु यो भन्छन कि नेल्सन मण्डेलाको मृत्यु सन 1991 मा भएको थियो यस अबस्थामा यदि एक दुई जनाले यसो भनेको भए सायद हामी यसलाइ उनिहरुको भ्रम भन्न सक्थ्यौं तर यहाँ त हजारौ होइन लाखौ मानिसहरु सन 1991 नै मान्छन अझ कति पय मानिसहरु त यो पनि दाबी गर्छन कि उनिहरुले नेल्सन मण्डेलाको अन्तिम संस्कारलाई TV मा हेरेका थिए। मत्लब एउटै मानिसको मृत्युु दुई पटक कसरी मृत्यु हुन सक्छ, त्यसैगरी तपाइले kit kat त खानु नै भएको होला तपाइले कहिल्यै kit kat को लोगोमा ध्यान दिनु भएको छ, तपाइलाइ के लाग्छ kit kat को लोगोमा kit र kat को बिचमा ड्यास(-) छ, कति पय मानिसहरु kit kat को लोगोमा बिचमा ड्यास छ भन्ने कुरा मान्दछ्न। तर बास्तबमा kit kat को लोगोमा बिचमा ड्यासनै छैन।

यस्तो case धेरै छन जसमा वास्तविक कुरा अर्कै हुन्छ र मानिसहरुको बिचार अर्कै हुन्छ। मान्नुहोस कि तपाईं बिहानै उठ्नु भो र मोबाइल खोज्नु भो र तपाइले आफ्नो परिवारलाइ सोध्नु भो आफ्नो मोबाइल कहा छ भनी सोध्नु भो तब तपाइको परिवारले भने कि "मोबाइल के हो यो मोबाइल भनेको हामिले त अहिले सम्म मोबाइल देखेका छैनौ कस्तो हुन्छ मोबाइल " तब तपाईं को reaction कस्तो होला तब तपाईं साथीहरुलाइ पनि मोबाइलको बारेमा भन्नू हुन्छ तब तपाइको साथीहरु पनि अचम्मित हुन्छन उनिहरुपनि आफुले कहिल्यै मोबाइल भनेको के हो थहा नभएको कुरा बताउछन तब तपाईंको reaction झन कस्तो होला। तपाईं यो सोच्नुहुन्छ कि म कहाँ आए हिजो सम्म मोबाइल प्रयोग गर्ने आफ्नो परिवार र हिजो सम्म मोबाइलको कुरा गर्ने आफ्ना साथी हरुबाट नै आफुलाई मोबाल भन्ने कुरा थहा नभएको भन्दा तपाईं धेरै अचम्ममा पर्नु हुनेछ। यसैलाइ हामी मन्डेला प्रभाब भन्दछौ। यसलाई बुझ्ने विभिन्न theory हरु मध्य समानान्तर ब्रह्माण्ड पनि एक हो। हुन सक्छ कुनै universe मा kit kat को बिचमा ड्यास थियो। तथा कुनै univerce मा नेल्सन मन्डेलाको मृत्यु 1991 मा भएको थियो र सोही स्मरण हामिलाइ यश universe मा भएको हुन सक्छ। सबै संभावित घटना हरु कुनै न कुनै ब्रह्माण्डमा घटेको हुन सक्छ।

यसरी माथी उल्लेख भएका प्रमाणहरुको आधारमा हामी यो भन्न सक्छौ कि साच्चै यस universe मा multiple universe हुन सक्छ। हामिले गर्ने कल्पना,हाम्रो स्मरण तथा हामिलाइ रातिमा आउने सपना कुनै समानान्तर ब्रह्माण्डमा घटेका साचो घटना हुन सक्छ। अलग अलग ब्रह्माण्डमा हाम्रो प्रतिरुप अबस्य हुन सक्छ।
https://connectsuraj.blogspot.com/2020/05/parallel-univerce.html
Please Reading, shararing and follow my blog.
ReplyDeletenice blog
ReplyDeleteGood
ReplyDelete