Space time

https://connectsuraj.blogspot.com/2020/05/blog-post.html

हामी हाम्रो भौतिक दुनियालाइ तीन आयाममा बुझ्ने गर्छौ। जब हामी आफ्नो आयाम भन्दा उच्च आयामको बारेमा कुरा गर्छौ तब हामी आफ्ननै कल्पनाको नयाँ  सन्सारमा पुग्दछौ। स्ट्रिङ्ग सिधाान्त अनुसार यस ब्रह्माण्डमा एघार आयाम रहेको छ जसमध्ये नौ आयाम अन्तरिक्ष( Space ) एक आयाम समय( Time ) र एक आयाम उर्जा ( energy ) रहेको छ। अल्बर्ट आइन्स्टाइनका अनुसार यस ब्रह्माण्डमा अन्तरीक्ष र समय आपसमा जोडिएको छ। जसलाइ हामी space time भन्दछौं। र यस दुनियामा कुनै पनि घटना  घटित हुदा त्यसले space time लाई प्रभाबित पार्दछ। आजको यस blog मा हामी space time अर्थात अन्तरीक्ष समयको बारेमा केही जानकारी हरु प्रस्तुत गर्ने छौ।

जब सत्रौ सताब्दिमा सर आइज्याक न्युटनले Space लाई बुझाउने कोशिस गरे तब उनले space लाई एक खाली ठाउँ माने जहाँ सारा बस्तुहरु आफ्ना काम गरिरहेका छ्न। न्युटनका अनुसार यस space पहिल्यै देखि अस्तित्वमा थियो र सधै अस्तित्वमै रहि रहने छ त्यसैगरि   न्युटनको अनुसार प्रकाशको गति constant नभै यसको गति पनि अन्य बस्तुको गति जस्तै परिबर्तन हुन सक्छ। उदाहरण: एउटा कार  60 km/ hr को गतिमा गुडिरहेको छ र यदि कारमा रहेको बत्तीलाई बालिदिने हो भने उक्त प्रकाशको गति 300000km/hr plus 60 km/ hr हुन्छ तर michelson morley experiment अनुसार प्रकाशको गति सधै स्थिर नै रहन्छ। यसको गति कहिल्यै परिबर्तन हुदैन। त्यसैले यसको जवाफ अल्बर्ट आइन्स्टाइनले special theory of relativity बाट दिए उनका अनुसार प्रकाशको गतिलाइ स्थिर राख्नका लागि space र time दुबै परिबर्तन हुनुपर्दछ आइन्स्टाइनले त यो पनि दाबी गरेका छन कि यस ब्रह्माण्डमा जसको साथ पिण्ड छ उक्त बस्तुले कहिल्यै पनि प्रकाशको गतिलाई पार गर्न सक्दैन यदि कुनै पनि बस्तुले प्रकाशको गतिलाई पार गर्न खोज्छ उसको लागि space र time परिबर्तन हुन्छ जस कारण बस्तुको समय बिस्तारै चल्न लाग्छ र बस्तुले पार गर्ने दुरि कम हुन पुग्छ। तर न्युटन मान्थे कि प्रकाशको गति  स्थिर हुदैन र कुनै पनि बस्तुको गति सापेेक्ष नभई निरपेक्ष हुन्छ र space र time स्वतन्त्र रुपमा दुबै अलग अलग चिज हो। तर आइन्स्टाइनले न्युटनको धारणालाइ चुनौती दिदै भने कि गति निरपेक्ष नभई सापेेक्ष हुन्छ कुनै पनि बस्तुको गति कति हो भन्ने कुरा अबलोकनकर्ताको गतिमा भर पर्दछ। यदि तपाइँ स्थिर अबस्थामा रहेर 60km/hr को गतिमा गुडिरहेको कारलाइ अबलोकन गर्नु भयो भने उक्त कार तपाइँ 60km/hr को गतिमा गुडेको पाउनुहुनेछ यस्तैमा यदि तपााईको गति 60km/hr र तपाईंको दिशा पनि उहि हुन्छ भने तपाइको लागि उक्त कारको गति  शून्य लाग्नेछ। त्यसैगरी प्रकाशको गति सधैं constant नै रहन्छ। र space र time दुबै अलग अलग चिज नभइ एउटै चिज हो यदि space नहुने हो भने समयको अस्तित्व रहदैन। त्यसैगरी space को तीन आयाम र time को एक आयाम मिलि चार आयामको space time बन्दछ। आइन्स्टाइनका अनुसार  space पुर्ण रुपमा खाली पनि छैन space लाई हामी तन्काउन र खुम्चाउन सक्छौ space मा रहेको कुनै पनि बस्तुको पिण्डले space लाई मोडिदिन्छ जसलाइ हाामी gravity ( गुरुत्व बल ) भन्दछौ।

 सर आइन्स्टाइनले आफ्नो सामान्य सापेक्षताको सिधाान्तमा gravity लाई जोडेका छन उनका अनुसार gravity कुनै बल नभई space time मा आएको बक्र सतह हो। त्यसैले कुनै पनि ग्रह आफ्नो ताराको परिक्रमा  उक्त ताराको gravity  को कारण नभई ताराको पिण्डको कारण space time मा उत्पन्न भएको बक्र सतहको कारण गर्दछ। 




Comments

Popular posts from this blog

string theory

Quantum physics/ क्वान्टम भौतिकी

अफ्रिका महादेश