Gravitational wave ( गुरुत्व आकर्षण तरङ्ग )


गुरुत्व आकर्षण बल एक यस्तो बल हो जसले सारा बस्तु तथा उर्जालाइ आफू तिर आकर्षण गर्ने गर्छ। गुरुत्व आकर्षण बल चार प्राकृतिक बल भन्दा अत्यन्तै कमजोर बल हो। सत्रौ शताब्दीमा सर आइज्याक न्युटनले हामिलाइ गुरुत्व आकर्षणको बारेमा जानकारी दिएका थिए। उनका अनुसार गुरुत्व आकर्षण बल एक रहस्यमय बल हो। उनलाइ यो कहिल्यै जानकारी भएन कि gravity कसरी उत्पन्न हुन्छ भनेर त्यसैले बिसौ शताब्दिमा अल्बर्ट आइन्स्टाइनले gravity अन्तरीक्ष  समयमा आएको खिचाबलाई माने। उनका अनुसार कुनैपनी बस्तुले आफ्नो पिण्डको कारण space time मा बक्र सतह बनाउछ र सोही बक्र सतहलाइनै हामी gravity अर्थात गुरुत्व आकर्षण बल भन्दछौ। त्यसैगरी उनले गणितीय रुपमा यो पनि सिद्ध गरे कि space time मा बस्तुको gravity को कारण gravitational wave अर्थात गुरुत्व आकर्षण तरंगलाई पनि explain गरेका थिए। सन् 2015 सालभन्दा पहिले सम्म त gravitational wave केबल गणितीय रुपमा मात्र प्रष्ट थियो तर  सन् 2015 सालमा ligo experiment बाट यो साबित भएको थियो कि गुरुत्व आकर्षण तरङ्ग साच्चै उत्पन्न हुन्छ। त्यसैले आजको यस blog मा हामी गुरुत्व आकर्षण तरङ्ग र ligo experiment को बारेमा केेही कुराहरु प्रस्तुत गर्ने छौ। त्यसैले ध्यान दिएर पढ्नु होला।   

                                       

जब हामी पानीमा ढुंगा फाल्छौ तब त्यहा एक तरङ्ग उत्पन्न हुन्छ। त्यसैगरी दुई खगोलिय पिण्ड आपसमा नजिक आउछ्न र एक अर्कालाइ परिक्रमा गर्छ्न तब त्यहा एक तरङ्ग उत्पन्न हुन्छ। उक्त तरङ्ग यति शक्तिशाली हुन्छ कि उक्त तरङ्ग यदि हाम्रो सौर्यमण्डलमा भयो भने पनि पृथ्वी बाट जिबनको समाप्त हुन सक्छ। र जुन गुरुत्व आकर्षण तरङ्ग जसलाइ Ligo experiment बाट मापन गरिएको थियो उक्त गुरुत्व आकर्षण तरङ्ग पृथ्वीभन्दा धेरै टाढा रहेको खगोलिय पिण्डबाट उत्पन्न भएको थियो। त्यसैले उक्त तरङ्ग पृथ्वीको लागि धेरै असरदार भएन तर बैज्ञानिकहरुद्वारा यस खगोलिय घटनालाइ पहिलोपटक 14 september 2015 मा ligo (laser interferometer gravitational wave ) experiment बाट मापन गरिएको थियो। 
ligo experiment एक यस्तो experiment थियो जहाँ माथी चित्रमा देखाए जस्तै गरि tube र ऐनालाइ लाई मिलाएर राखिन्छ। र एक tube बाट एक प्रकाशको किरण छोडिन्छ। उक्त प्रकाशको किरण दुई समकोणी रेखामा जान्छन र त्यहाँ लगाइएको ऐनाबाट प्रकाशको किरण पराबर्तन भै बिचमा आइपुग्छन र तिनिहरु एक अर्कालाइ cancel out गर्छन। तर यदि gravitational wave आएको खाण्डमा उक्त tube तन्कने र खुम्चने हुन्छन तिनीहरु आपसमा cancel out हुदैनन। फलस्वरूप side मा लगाइएको मापक यन्त्रले गुरुत्व आकर्षण तरङ्ग्लाइ मापन गर्दछ। यसरी हामी gravitational wave लाई मापन गर्न सक्दछौ। यस experiment सन् 2015 देखि अहिलेको समयसम्म तीन पटक सम्म भैसकेको छ र अझ भबिष्यमा पनि हुनेछ। यो experiment यति महत्त्वपुर्ण छ कि यसले हामिलाइ अन्तरीक्षको बारेमा काफी हदसम्म जानकारी दिन्छ र पहिलोपटक यस experiment गर्ने बैज्ञानिकहरुलाई नोभेल पुरस्कार बाट सम्मानित पनि गरिएको थियो। 






                                     




Comments

Popular posts from this blog

string theory

Quantum physics/ क्वान्टम भौतिकी

अफ्रिका महादेश