के तपाइले कहिल्यै यो सोच्नुभयो कि यस धर्तीमा मानव जातिको उत्पत्ती कसरी भयो? सबै जनावरहरुको लागि उचित एवं अनुकुल वातावरण कसरी सम्भब भयो? सबै जिबहरु एक अर्का सङ्ग कसरी फरक छन? हिमालमा बस्ने मानिस गोरो तथा हिमालमा पाहिने जनावरको भुुत्ला बाक्लो र तराइमा बस्ने मानिस कालो तथा तराइमा पाइने जनावरको भुत्ला पात्लो किन हुन्छ? एउटै आमाबाबु बाट जन्मेका सन्तान हरु पनि आपसमा किन फरक देखिन्छन? त्यसिले आजको यस blog मा हामी यिनै प्रश्नको उत्तर प्रस्तुत गर्ने छौ र क्रम बिकास सम्बन्धि विभिन्न कुराहरु प्रस्तुत गर्ने छौ।
माथी उल्लेख गरिएको प्रश्न कुनै समयमा हाम्रो प्रसिद्ध biologist चार्ल्स डार्बिनको मनमा पनि आएको थियो उनी पनि जान्न चहान्थे जिबहरु आपमा किन भिन्न भिन्न हुन्छ एउटै जीव पनि विभिन्न प्रजातीमा कसरी बिकास हुन्छन? यिनै सवालको जवाफ खोज्न चार्लस डार्विन Gallapagos ilands मा गए र उनले समुद्रको जैबिक विविधतालाई नियाले र उनले Gallapagos ilands मा अबस्थित finches (फिनचेस) नाम गरेको चराको अध्ययन गरे र उनले पाए कि फरक फरक मौसम र अबस्था अनुसार फिचेसले आफ्नो शरीरको रुप रेखालाइ बदलेको थियो। चार्ल्स डार्विनले फिन्चेसको अध्ययन गरेर यो पाएकी उक्त फिन्चेस आफ्नो आवश्यकता अनुसार एक टापुबाट बसाइँ सरेर अर्को टापुमा गएको थियो। र फिन्चेसले बदलिँदो मौसम अनुसार आफ्नो रुपलाइ विभिन्न किसिममा बदलेको थियो यसरी बदलिदै जादा डार्विनले यो पाएकी फिन्चेसले आफ्नो रुपलाइ 14 भागमा बिभाजन गरेको थियो यसरी फिन्चेस 14 प्रजातीमा बदलिनुलाइ डार्विनले evolution भने र यसै गरि उनले धेरै जीव जन्तु बोट बिरुवाको अध्ययन गरि उनले evolution सम्बन्धि origin of species नामक पुस्तक सन 1859 मा प्रकाशित गरे।
चार्ल्स डार्विनले आफ्नो पुस्तकको माध्यामबाट क्रम बिकासको व्याख्या गरेका छन। चार्ल्स डार्विनको अनुसार कुनै पनि जीव बिकसित हुनका लागि उसले संघर्ष गर्नुपर्ने हुन्छ जुन जीव बाच्न सफल हुन्छ सोही जिबले धेरै सन्तान जन्माउन सक्छ र evolve हुन सक्छ। डार्विन यो पनि भन्छन कि जीव जन्तुलाइ बाच्नका लागि प्रकृतिको पनि भुमिका रहेको हुन्छ र प्रकृतिले जुन जीव बाच्नका लागि सक्ष्यम छ सोही जिबलाइ नै प्रकृतिले बचाइ राख्दछ प्रकृतिले नै जिबजन्तुलाइ बाच्नका लागि अनुकुलता प्रदान गर्दछ। डार्विनले समुद्री टापुमा बसेर फिन्चेसको अध्ययन गर्दा यो पाए कि फिन्चेस बदलिदो मौसममा आफुलाइ विभिन्न रुपमा ढालीरहेको थियो। फिन्चेसहरु जब आफ्नो क्षत्रमा खानको कमि हुन्थ्यो तब उनिहरु अर्कै टापुमा बसाइ सर्थे। र अर्को टापुमा उनिहरु फरक फरक फिन्चेस सङ्ग प्रजनन गर्थे यसरि फरक फरक फिन्चेस आपसमा प्रजनन गर्दा फरक जातिको फिन्चेस उत्पत्ती हुँदै गयो र उनिहरुको चुच्चो पनि फरक फरक हुन पुग्यो र फरक फरक चुचोको कारण उनिहरुको खनामा पनि फरक पर्न गयो र फिन्चेस चौध प्रजतिमा बिभाजन हुन पुग्यो। यसरी फिन्चेस अलगअलग प्रजातीमा बिभाजन हुनुलाइ उनले evolution theory बाट practically र logical रुपमा बुझ्न सक्षम भए।
चार्ल्स डार्विन भन्दा पहिले Jean-Baptistle lamarck ले पनि evolution theory लाई explain गरेका थिए उनका अनुसार जिबजन्तुको क्रम बिकास वातावरण र जीव जन्तुको आवश्यक्ता अनुसार हुन्छ। उनले जिराफको उदाहरण दिदै भने कि पहिले पहिले जिराफको घाँटी सानो हुन्थ्यो जसले गर्दा जिराफलाइ अग्लो रुखको घास खान असहज हुन थाल्यो जसले गर्दा अहिले जिराफको घाँटी बिकसित भएर अग्लो हुन थाल्यो। यसैगरी पहिले पहिले सर्पको पनि खुट्टा हुने गर्थ्यो तर सर्पले खुट्टाको प्रयोग नगरी घिर्सेर हिड्न थाल्यो त्यसैले बिस्तारै बिस्तारै क्रम बिकासको कारण सर्पको खुट्टा हराउदै गयो। यसै गरि मानिसको पुर्बज बादरले पनि आफ्नो पुच्छरको प्रयोग नगरेकाले उनिहरुको पुच्छर हराउदै गयो जसले गर्दा चिम्पान्ची र मानिसहरुको पुच्चर नभएको हो। lamarck को अनुसार प्रत्येक जिबहरु वातावरण र आफ्नो आवश्यकता अनुसार विभिन्न रुपमा बिकसित हुँदै जान्छन। यसैले बाताबरणमा भएको परिबर्तनको कारण हिमालमा बस्ने मानिस गोरो र तराइमा बस्ने मानिस कालो हुुन्छ र हिमालमा पाइने जानावरको भुत्ला बाक्लो र तराइमा बस्ने जनावरको भुत्ला पातलो हुुन्छ।
लामार्कको क्रम बिकास सम्बन्धि सिद्धान्तलाई निम्न बुदामा प्रस्तुत गरिएको छ:
1) सबै जिबमाथी वातावरणको प्रतक्ष्य असर पर्छ ।
2) जिबहरुको सरिरको अङ्ग व्यवहारमा ल्याउनु र नल्याउनुले तिनिहरुको सरिरको रुपरेखामा परिवर्तन ल्याउछ।
3) कुनै एक पुस्ताको जिनमा भएको गुण आर्जित भएको गुण वा परिबर्तन भएको गुण अर्को पुस्तामा सर्दै जान्छ।
यसैगरि डार्बिनको अनुसार यस पृथ्विमा जति जिबहरु छन सबैको सन्तान बाचिरहेमा यहाँ खाने र बस्ने ठाउको अभाव हुन्छ धेरै जिबहरु भएमा खाना, पानी, बसोबास आदिका लागि संघर्ष गर्नुपरेकाले वातावरण अनुसार रहन सक्ने सक्ष्यम जिबहरु मात्र बाच्छन र उनिहरुले आफ्नो बंशलाइ अगाडि बढाउन सक्छ्न र उनिहरु evolve हुन सक्छन। साथै चर्ल्स डार्बिनको अनुसार वातावरणमा समायोजन हुन सक्ने वा बाच्नका लागि संघर्ष हुदा सफल नै बाच्न सक्ने हुन्छन र उनिहरुमा परिवर्तन आउदै जादा धेरै पुस्ता पछि नया जिबको उत्पत्ती हुन पुग्छन। चार्ल्स डार्विनको अनुसार बादरहरु बाच्नकालागी संघर्ष हुदा बाच्न सफल भएकै कारण उनिहरु evolve भए र आज मानिस बन्न सफल भए। मानिस चिम्पान्जि बाट बिकसित भएको हो र चिम्पान्जी बादरबाट बिकसित भएको मानिन्छ त्यसैले मानिस र चिम्पान्जिको शरीर धेरै हद सम्म मिल्दोजुल्दो छ,मानिसको DNA र चिम्पान्जिको DNA धेरै 98% मिल्दोजुल्दो छ, मानिस पछि दोस्रो बुद्धिमानी जीव पनि चिम्पान्जीनै हो यसको साथै विभिन्न प्रमाणहरुको आधारमा हामी भन्न सक्छौ कि मानिस चिम्पान्जीबाट बिकसित भएको हो र हामि मानिस पनि विभिन्न प्रजातीमा बिभाजन भएको छौँ।
जिबहरुको बिकास गर्ने मुख्य कारक तत्व भनेको परिबृत्ती र बंशज हो। परिबृत्ती भन्नाले एकै जातिका जिबहरु एक अर्को सङ्ग कुनै न कुनै रुपमा भिन्न हुन्छन जसलाइ परिवृत्ती भनिन्छ। जस्तै: शरिरको रङ, बनावट, उचाइ आदिमा फरक हुनु।
यसै गरि बंशज भन्नाले आमाबाबु बाट उनिहरुको सन्तानमा गुणहरु सर्नु भन्ने बुझिन्छ।
यी दुबैले जिबहरुको क्रम बिकासमा सहयोगी भुमिका निर्वहा गर्दछ किनकी परिबृत्तीले जिबहरुलाइ एक अर्कामा भिन्न भिन्न बनाउदछ जस्तै एउटै आमाबाट जन्माइएका सन्तानहरु पनि आपसमा भिन्न भिन्न हुन्छन यसको कारण उत्परिबर्तन हो र उत्परीबर्तनकै कारण मानिस र बादर केहि हदसम्म उस्तै देखिएता पनि उनिहरुबिच धेरै फरक रहेको छ जस्तै बांदरको शरिर र मानिसको शारिरिक अङ्ग उस्तै भएपनी बादरको शरीर पुरै रौंं ले ढाकिएको हुन्छ तर मानिसको शरीर पुरै रौ ले ढाकिएको हुदैन।
यसै गरि बंशजले पनि जिबहरुको क्रम बिकासमा सहयोग पुराएको हुन्छ जस्तै जिबहरुमा आमाबुबाको गुण देखिनाले उक्त जीव आपसमा फरक देखिन्छ्न जस्तै मानिसको evolution हुदा कुनै चिम्पान्जिले DNA मा भएको परिबर्तनले गर्दा मानिसलाइ जन्म दियो उक्त मानिसले जन्माएको सम्तानमा मानिसको गुण देखिनाले मानिस र बादर फरक हुन पुग्यो।
क्रम बिकास(evolution ) कसरी भएको हो भन्ने सन्दर्भमा बैज्ञानिकहरुले विभिन्न प्रमाणहरु प्राप्त गरेका छन तिनिहरु यस प्रकार छन:
1) अवशेषबाट प्राप्त प्रमाण:
2) तुलनात्मक शरीर रचाबाट प्राप्त प्रमाण: यस अन्तर्गत दुई वटा जीव जसको शरिरको रचना र बनावट धेरै हद सम्म मिल्दो जुल्दो हुन्छ तर तिनिहरु आपसमा भिन्न भिन्न हुन्छ्न। जस्तै: मानिस र बादर
3) भ्रूण सम्बन्धी प्रमाण:
4) अवशेष अङ्ग बाट प्राप्त प्रमाण: अवशेष अङ्ग एक यस्तो अङ्ग हो जुन कुनै जिबको शरिरमा चाहिँ नमुनाको रुपमा मात्र रहन्छ र सोही अङ्ग अन्य जिबमा बिकसित र प्रयोगमा आउछ। जस्तै : मानिसको ठूलो आन्द्रा नजिकै रहेको भर्मिफम एपेण्डिक्स हुन्छ जुन नमुनाको रुपमा मात्र हुन्छ तर त्यही अङ्ग बादर, खरायो, हात्ति,गाई आदि जनावरमा बिकसित र कार्यमुलक हुन्छ। यस बाट यो थहा हुन्छ कि मानिस अन्य जिबबाट बिकसित भएको हो।
read and share friend
ReplyDeletenice bro
ReplyDelete