Big bang / महा बिस्फोट

https://connectsuraj.blogspot.com/2020/05/black-hole.html

Big bang एक यस्तो घटना थियो जसले सारा ब्रह्माण्डलाई जन्म दिएको थियो। जसबाट सारा ब्रह्माण्ड, तारा, उपग्रह तथा आकााश गङ्गाको उत्पपत्ती भएको थियो। यसबाट सारा उर्जा तथा मौलिक बल( gravity, electric magnetism, strong nuclear and weak nuclear force) उत्पपत्ती भएको थियो। 

                        

सन 1929 मा एड्बिन हब्बलले यो पत्ता लगाए कि हाम्रो ब्रह्माण्ड लगातार फैलिरहेको छ त्यस पछि बैज्ञानिकहरु यो नतिजामा पुगे कि यदि हाम्रो ब्रह्माण्ड फैलिरहेको छ भने कुनै समय हाम्रो ब्रह्माण्ड एक सानो बिन्दुमा समायोजित थियो होला। यदि हामी समयमा पछाडी गयौं भने हामी त्यस बिन्दुमा पुग्छौ जसलाई हामी point of Singularity( एक वचनको बिन्दु) भन्दछौ जुन अत्यन्त तातो थियो र जसको घनत्वो पनि अत्यन्तै बढी थियो। जुन कुनै कारणबस आफ्नो अस्तित्वमा आयो र सारा ब्रह्माण्डलाई जन्म दियो। तर यसमा प्रश्न यो उठ्छ कि big bang हुनु भन्दा पहिले अर्थात यो ब्रह्माण्ड बन्नु भन्दा पहिले के थियो त  किनकी big bang हुनु भन्दा पहिले केही पनि थिएन यहाँ सम्म कि समयको पनि अस्तित्व थिएन। तर हामीलाई यो थहा छ कि कुनै पनि बस्तुलाइ न त बनाउनै सकिन्छ न त बिनाशनै गर्न सकिन्छ त्यसैले big bang हुनु भन्दा पहिले यदि केही पनि थिएन भने यो ब्रह्माण्डको उत्पत्ती कसरी भयो होला त यो त  physics को नियम विरुद्ध हुन्छ। हामी मानिस जाती जिज्ञासु प्राणी हौ हामी यस ब्रह्माण्डको बारेमा जान्नका लागि धेरै इच्छुक पनि छौ त्यसैले हामी गणित तथा बिज्ञानको मद्धतले ब्रह्माण्डलाई बुझ्ने कोसिस गरिरहेका छौ। त्यसैले बैज्ञानिकहरु यो मान्दछन कि यो ब्रह्माण्ड लगातार फैलिएको छ र एक समय यस्तो अवस्था आउँछ त्यस समयमा यो ब्रह्माण्ड आकाशिय पिण्डको gravity को कारण खुम्चदै जान्छ र अन्तमा एक बिन्दुमा परिणत हुन्छ र  फेरि उक्त बिन्दुबाट big bang सुरु हुन्छ यसरी नै ब्रह्माण्डको सुरुवात र अन्त्य भै रहन्छ। 


Big bang theory आज सम्म पनि एक मतभेदको बिषय बनेर रहेको छ। तर खोजकर्ताहरु सङ्ग केही यस्ता प्रमाणहरु छन  जसले big bang theory लाई प्रमाणित गर्न सक्छ। आजको आधुनिक टेलिस्कोपले अर्बौं प्रकाश बर्स टाढा रहेका तारा एबं ग्रहलाई देख्न सक्छ मत्लब आधुनिक टेलिस्कोपले अर्बौं बर्ष पहिले घटेका घटनालाई देख्न सक्छ। बैज्ञानिकहरुको अनुसार big bang भन्दा पहिले point of singularity अत्यन्तै तातो थियो यति तातो थियो कि एलेक्ट्रोन र प्रोटोन मिलेर एक एटम पनि बनाउन सकेको थिएन यसबाट प्रकाश पनि आरपार हुन सक्थ्यो। जब ब्रह्माण्ड आफ्नो अस्तित्वमा आयो तब सुरुवाती चरणमा यो ब्रह्माण्ड ग्यासको बादलले ढाकिएको थियो। त्यसबाट बिस्तारै हाइड्रोजन परमाणु बन्यो र ताराको निर्माण भयो। यस्तैमा बैज्ञानिकहरुको अनुसार हाम्रो ब्रह्माण्ड आज भन्दा 14 अर्ब बर्ष पहिले अस्तित्वमा आएको थियो।जब टेलिस्कोप द्वारा हामिले 14 प्रकाश बर्ष टाढा रहेको तारालाइ अबलोकन गर्यौं तब हामिले ग्यासका बादलहरु छरिएर रहेका पायौं। तथा उक्त समयमाा निस्किएको प्रकाशलाई पनि हामिले देख्न सक्यौं। त्यसैगरी cosmic microwave background बाट पनि हामिले big bang theory लाई प्रमाणित गर्न सक्छौ जसबाट हामी यो पत्ता लगाउन सक्छौ कि यस ब्रह्माण्डको तापक्रम सुरुवाती समयमा अत्याधिक मात्रामा थियो। त्यसैगरी हामी large hydron collider बाट पनि big bang theory लाई explain गर्न सक्दछौ जहाँ sub atomic particle लाई प्रकाशको गतिमा आपसमा ठोक्काइन्छ तब त्यस्तै  हुन्छ जब बैज्ञानिकहरुले big bang पछिको घटनालाइ predict गरेका थिए। जसबाट अनन्त उर्जा निस्किएको थियो। यसपछी हामि यस नतिजामा पुग्यौं big bang कुनै काल्पनिक घटना नभइ यो एक वास्तविक घटना हो। यसरी हामिले big bang theory लाई logically एबंं practically रुपमा explain गर्न सक्दछौ। यसबाट हाामी भबिस्यमा ब्रह्माण्डको बारेमा अझ नया जानकाारी प्राप्त गर्न सक्नेछौ।



Comments

Popular posts from this blog

string theory

Quantum physics/ क्वान्टम भौतिकी

अफ्रिका महादेश