Skip to main content
आयाम / dimension
हामी भौतिक परिमाणलाइ विभिन्न एकाइमा मापन गर्दछौं जस्तो लम्बाईलाई मिटरमा पिण्डलाइ किलोग्राम( k.g.) मा समयलाइ सेकेन्डमा तापक्रमलाई केल्भिनमा तथा धाराबिद्युतलाई एम्पियरमा मापन गर्दछौ। यसैगरी ब्रह्माण्ड (universe ) मा घटित घटनालाइ हामी आयाम(dimension ) मा मापन गर्दछौं। स्ट्रीङ्ग सिद्धान्तका अनुसार यस ब्रह्माण्डमा 11 आयाम हुन्छ जहाँ अम्तरिक्षको 9 आयाम, समयको 1 आयाम र उर्जाको एक आयाम हुन्छ। तर हामी तीन आयामलाइ मात्र देख्न सक्छौं। bosonic string theory को अनुसार यस ब्रह्माणमा 26 आयाम हुन्छन। आजको यस blog मा हामी 0 देखि 10औं आयाम सम्मको बारेमा प्रस्तुत गर्ने छौ।
शुन्य आयाम: शुन्य आयाम एक यस्तो आयाम जहाँ अगाडिपछाडी दायाँबायाँ तथा तलमाथी भन्ने कुरा नै हुदैन। कल्पना गर्नुहोस एक यस्तो जीव जो सधैं एक निश्चित बिन्दुमा सिमित छ। उ न त अगाडि जान सक्छ न त पछाडी नै जान सक्छ न तल जान सक्छ न माथी जान सक्छ यहाँ सम्म कि उक्त जीव आफ्नै ठाउमा घुम्न पनि सक्दैन। उक्त जिब सधैं एक बिन्दुमै रहिरहन्छ उ गतिशिल हुन सक्दैन भने त्यस्तो जिबलाइ शुन्य आयाममा रहने जीव भनिन्छ।
पहिलो आयाम : पहिलो आयाम एक यस्तो आयाम जहाँ अगाडि पछाडी भन्ने चिज हुन्छ तर दायाँबायाँ तथा तलमाथी भन्ने चिज हुदैन भने त्यो पहिलो आयाम हो। यसको उदाहरण हामी रेखा(line) लाई लिन सक्छौ। जस्तै बिजुलीको तार।
दोस्रो आयाम: दोस्रो आयाम एक यस्तो आयाम जहाँ अगाडि पछडिको साथसाथै दायाँबायाँ पनि हुन्छ तर यसमा तलमाथी भन्ने चिज हुदैन। यदि तपाइले मोबाईलमा सर्पको game खेल्नु भएको भए तपाइँलाई थहा हुन सक्छ कि त्यहा अगाडि पछाडिको साथसाथै दायाँ बायाँ पनि जान सकिन्छ। त्यसैगरी तपाईंको अहिले यो blog पढ्दै हुनुहुन्छ यो पनि दोस्रो आयामिक हो। तथा विभिन्न फोटो भिडियो हरु पनि दोस्रो आयामिक हुन। कमिला,सर्प,माउसुली आदि दोस्रो आयाममा रहने जीवहरु हुन।
तेस्रो आयाम: तेस्रो आयाममा अगाडि पछाडि दायाँबायाँको साथसाथै तल माथी पनि जान सकिन्छ। जहाँ लम्बाई,चौडाइ र उचाई हुन्छ त्यसैलाई तेस्रो आयाम भनिन्छ। हामी मानिस तेस्रो आयाममा रहन्छौ।
चौथो आयाम: चौथो आयाममा तेस्रो आयाम ( space) र समय ( time)जोडिएको हुन्छ जसलाइ space time भनिन्छ। यस आयाममा रहने जीव समय यात्रा गरेर भुत काल र भबिष्य काल दुबै समयमा जान सक्दछन। यिनिहरु समयमा अगाडि र पछाडी यात्रा गर्न सक्छ्न जसलाइ समय यात्रा( time travel) भनिन्छ। चौथो आयामको बारेमा हामिलाइ general theory of relativity बाट थहा हुन्छ। चौथो आयाममा रहने जीव हामी तेस्रो आयाममा रहने जीव भन्दा निकै बिकशित हुन्छन। उनिहरु भुत तथा भबिस्य दुबै समयलाई देख्न सक्छन।
पाचौ आयाम : चौथो आयाम एक यस्तो आयाम हो जहा समयमा अगाडि पछाडिको साथसाथै समयमा दायाँ र बायाँ पनि जान सकिन्छ। मानौँ एउटा व्यक्ती बिद्यालयमा पढ्दैछ र उसले आफ्नो दुई ओटा career (पेशा) चुनेछ एउटा कलाकार र अर्को खेलाडि यदि उक्त ब्याक्ती तेस्रो र चौथो आयाममा रहने भए उसले केबल एउटा पेशालाइ मात्र चुन्नु पर्थ्यो तर उक्त व्याक्ति पाचौ आयाममा भएकाले उसले समयमा दायाँबायाँ गएर दुबै पेसा एकैसाथ चुन्न सक्छ। पाचौ आयाममा समयमा अगाडि र पछडीको साथसाथै दायाँ र बायाँ पनि जान सकिन्छ।
छैटौं आयाम: छैटौं आयाम एक यस्तो आयम हो जहाँ पाचौं आयामको दुई ओटा प्रतिरुप खेलाडी र कलाकार आपसमा भेट हुन सक्छन यसको लागि यिनिहरु समयमा पछाडी आउदछ्न जब उक्त व्याक्ती पेशा चुनिरहेको थियो। यसको साथै उनिहरु ब्रह्माण्डमा छोटो बाटो अप्नाएर सिधै भेट गर्न पनि सक्दछ्न। यसको लागि तिनीहरुले जुन बाटो अपनाए त्यसलाइ छैटौ आयाम भनिन्छ।
सातौ आयाम: सातौ आयाम एक यस्तो आयाम हो जहाँ एक ब्रह्माण्डबाट अर्को ब्रह्माण्डमा अगाडि र पछाडी जान सकिन्छ। यदि हाम्रो ब्रह्माण्ड जस्तै समानान्तर ब्रह्माण्ड यस दुनियाँमा अवस्थित छ भने सातौं आयाममा रहने जीव एक ब्रह्माण्डबाट अर्को ब्रह्माण्डमा अगाडि र पछाडी जान सक्दछ्न
आठौं आयाम: आठौ आयाममा एक ब्रह्माण्डबाट अर्को ब्रह्माण्डमा अगाडि पछ्सडिको साथसाथै दायाँबायाँ पनि जान सक्दछन।जसरी हामी दोस्रो आयाममा अगाडि पछाडिको
साथसाथै दायाँबायाँ जान सक्दछौ ठिक त्यसैगरी आठौ आयाममा रहने जीव एक ब्रह्माण्डबाट अर्को ब्रह्माण्डमा अगाडि पछाडिको साथसाथै दायाँ बायाँ पनि जान सक्दछन।
नवौ आयाम: नवौ आयाममा एक ब्रह्माण्डबाट अर्को ब्रह्माण्डमा अगाडि पछाडी दायाँबायाँको साथ साथै तल माथी पनि जान सकिन्छ। जसरी हाामी तेस्रो आयाममा अगाडि पछाडि दायाँबायाँ तल
माथि जान सक्छौ त्यसैगरी नवौ आयाममा रहने जीव एक ब्रह्माण्डबाट अर्को ब्रह्माण्डमा अगाडि पछाडि दायाँबायाँको साथै तलमाथि पनि जान सक्दछन
दसौं आयाम: जसरी चौथो आयाममा रहने जीव तेस्रो आयाम र समयमा पनि अगाडि पछाडी जान सक्छन ठिक त्यसैगरि दशौ आयममा रहने जीव पनि नवौ आयाम सम्मको सवै आयाममा एक सेकेण्डमै जान सक्दछन।
Thanks
ReplyDelete